काठमाडौं- काठमाडौं महानगरले सडक व्यापारीहरूलाई अभद्र व्यवहार गर्ने ७ नगर प्रहरीलाई कारबाही गरेको छ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाएको जानकारी दिए।
उनका अनुसार स्थायी सेवामा रहेका ५ जनालाई निलम्बन गरिएको छ। महानगरले यसभन्दा अगाडि १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकेकाे छ।