आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कोसीका मुख्यमन्त्री थापा नियुक्तिविरुद्धको रिट तेस्रो दिन पनि हेर्न नभ्याइने सूचीमा

कोसीका मुख्यमन्त्री थापा नियुक्तिविरुद्धको रिट तेस्रो दिन पनि हेर्न नभ्याइने सूचीमा

एमाले कोसीका निवर्तमान मुख्यमन्त्री कार्कीले नवनिर्वाचित मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ, सभामुख बाबुराम गौतमलगायतलाई विपक्षी बनाएर सर्वोच्चमा हालिएको रिट तन्काइँदै।
 |  मंगलबार, असार २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०

काठमाडौं– गत बिहीबार सभामुख बाबुराम गौतमसहितका गठबन्धन दलका सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएर शुक्रबार सपथ लिएका कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति अवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ आज पनि भएको छ।

National life

मुख्यमन्त्री थापा नियुक्तिविरुद्धको रिट सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेकामा आज पनि हेर्न नभ्याइने सूचीमा राखिएको हो।

कोसीका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत सर्वोच्चमा दर्ता गराएको रिटको आइतबार, सोमबार पेसी तोकिए पनि हेर्न नभ्याइने सूचीमा पारिएको थियो। उक्त रिटलाई आज पनि सोही सूचीमा पारिएको छ।

मुख्यमन्त्री कार्की एमाले कोसी प्रदेश संसदीय दलका नेता हुन्। कोसीका निवर्तमान मुख्यमन्त्री कार्कीले नवनिर्वाचित मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ, सभामुख बाबुराम गौतमलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका हुुन्। 

निवर्तमान मुख्यमन्त्री कार्कीले असंवैधानिक रूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभामा सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री बनाइदिन सर्वोच्चसँग परमादेशसमेत माग गरेका छन्।

संविधानको धारा १६८ ९२० बमोजिम मुख्यमन्त्रीका लागि दाबी पेस गर्दा सभामुखलाई समेत समावेश गर्नु संविधान विपरीत भएको रिट निवेदकको जिकिर छ।

प्रकाशित: Jul 11, 2023| 13:38 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्