बिहीबार, असार ४, २०८३

हेलिकप्टर रुखमा ठोक्किएको अनुमान, ६ जनाकै शव भेटियो

 |  मंगलबार, असार २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०
National life
Shivam cement

काठमाडौं- मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका ६ जनाको शव भेटिएको छ। आज बिहान १० बजे सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको नाइन एन एएमभी कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटना हुँदा पाइलट र ५ जना यात्रुको मृत्यु भएको हो।

हेलिकप्टर पाइलट चेतबहादुर गुरूङले उडाएका थिए भने पाँचै जना यात्रु मेक्सिकन नागरिक थिए। शवहरु जलेको अवस्थामा भेटिएको र एउटा शव भने टुक्राटुक्रा भएको घटनास्थलमा रहेका प्रहरीले बताएका छन्। हेलिकप्टर रूखमा ठोक्किएर दुर्घटनामा परेको अनुमान प्रहरीको छ।

बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो। हेलिकप्टर पौने ११ बजे काठमाडौं आइपुग्नुपर्ने थियो। सम्पर्कविहीन भएको खबर पाएपछि प्रहरीको टोली परिचालन गरिएको थियो।

प्रकाशित: Jul 11, 2023| 13:21 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्