बिहीबार, असार ४, २०८३

मनाङ एयर हेलिकप्टर दुर्घटना: ५ जनाको शव फेला, पहिचान हुन बाँकी

 |  मंगलबार, असार २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०

काठमाडौं- सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा मृत्यु भएका ५ जनाको शव फेला परेको छ। प्रहरीका अनुसार हेलिकप्टरमा पाइलटसहित ६ जना सवार थिए।

National life

एक जना भने बेपत्ता रहेको र खोजी भइरहेको प्रहरीले बताएको छ। हेलिकप्टर र प्राप्त शवको अवस्था हेर्दा बेपत्ताको पनि मृत्यु भएको ठहर प्रहरीले गरेको छ।

सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन एमभी कलसाइन रहेको हेलिकप्टर लिखुपिके गाउँपालिका-५ को लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो।

चेतबहादुर गुरुङले उडाएको हेलिकप्टरमा ५ जना मेक्सिकन यात्रु थिए। हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो।

प्रकाशित: Jul 11, 2023| 13:16 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्