बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बेपत्ता हेलिकोप्टर खोज्न अल्टिच्युड एयरको हेलिकोप्टर परिचालन, लामजुरामा दुर्घटनामा परेको आशंका

बेपत्ता हेलिकोप्टर खोज्न अल्टिच्युड एयरको हेलिकोप्टर परिचालन, लामजुरामा दुर्घटनामा परेको आशंका

सोलुबाट काठमाडौं उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेर बेपत्ता भएपछि नागरिक उड्डयन प्राधिकरणले काठमाडौंबाट खोजीका लागि अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनास्थल पठाएको हो।
 |  मंगलबार, असार २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०

काठमाडौं– सोलुको लुक्लाबाट काठमाडौंका लागि बिहान १० बजे उडान भरेको मनाङ एयरको हेलिकोप्टर सवा १० बजे सम्पर्कविहीन भएपछि खोजीका लागि नागरिक उड्डयन प्राधिकरणले काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनास्थल पठाएको छ।

National life

पौने ११ बजे काठमाडौं अवतरण हुनुपर्ने मनाङ एयरको हेलिकोप्टर सम्पर्कमा नआएको त्रिभुवन विमास्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए। उनका अनुसार हेलिकोप्टरमा पाइलट चेतबहादुर गुरुङसहित पाँच विदेशी नागरिक थिए। दुर्घटनामा मेक्सिकन नागरिक परेको आशंका गरिएको छ।

मनाङ एयरको ९एनए–एमभी कलसाइनयुक्त हेलिकप्टर बिहान १० बजे सम्पर्कविहीन भएपछि खोजतलासका लागि प्राधिकरणले अर्को हेलिकोप्टर पठाएको हो।

मनाङ एयरको हेलिकोप्टर सोलु दूधकुण्ड नगरपालिका–२ र लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको आशंका गरिएको छ। सोलु दुधकुण्ड नगरपालिका–२ का वडाध्यक्ष ङवाङ ठिले शेर्पाले हेलिकोप्टर दुर्घटना स्थलको पहिचान भएको पुुष्टि गर्दै थप विवरण संकलन भइरहेको बताएका हुन्।

हेलिकोप्टर दुर्घटनाको जानकारी आएलगत्तै वडामा रहेको प्रहरी टोली घटनास्थलमा जाँदै गरेको उनको भनाइ छ। सदरमुकामबाट लमजुरा पुग्न करिब ४ घन्टा लाग्ने वडाध्यक्ष शेर्पाले बताए।

Shivam cement

बेपत्ता हेलिकोप्टर खोज्न ६ जनाको उद्धार टिमसहित अल्टिच्युड एयरको हेलिकोप्टर परिचालित भइसकेको पुष्टि मनाङ एयरका प्रमुख कार्यकारी अधिकृत राजु न्यौपानेले गरे।

प्रकाशित: Jul 11, 2023| 12:27 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्