शनिबार, साउन २, २०८३

ललिता निवास प्रकरणमा थप दुई जना समातिए

सिआइबीले तत्कालीन मालपोत कार्यालयका नासु योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको हो।
 |  मंगलबार, असार २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०

काठमाडौं– प्रहरीले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्र रहेको सिआइबीका एसएसपी दिनेश आचार्यले बताए। ललिता निवास प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या १४ पुगेको छ।

प्रकाशित: Jul 11, 2023| 11:51 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्