बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कोसीका मुख्यमन्त्री थापा नियुक्तिविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा

कोसीका मुख्यमन्त्री थापा नियुक्तिविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा

एमाले कोसीका निवर्तमान मुख्यमन्त्री कार्कीले नवनिर्वाचित मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ, सभामुख बाबुराम गौतमलगायतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट हालेका हुुन्।
 |  मंगलबार, असार २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०

काठमाडौं– गत बिहीबार सभामुख बाबुराम गौतमसहितका गठबन्धन दलका सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएर शुक्रबार सपथ लिएका कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति अवैधानिक भएको दाबीसहित सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ आज पनि हुँदै छ।

National life

आज मुख्यमन्त्री थापा नियुक्तिविरुद्धको रिट सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको हो।

कोसीका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत सर्वोच्चमा दर्ता गराएको रिटको आइतबार, सोमबार पेसी तोकिए पनि हेर्न नभ्याइने सूचीमा थन्काइएको थियो। मुख्यमन्त्री कार्की एमाले कोसी प्रदेश संसदीय दलका नेता हुन्।

कोसीका निवर्तमान मुख्यमन्त्री कार्कीले नवनिर्वाचित मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ, सभामुख बाबुराम गौतमलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका हुुन्। संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीका लागि दाबी पेस गर्दा सभामुखलाई समेत समावेश गर्नु संविधान विपरीत भएको रिट निवेदकको जिकिर छ।

संविधानको धारा १६८ को उपधारा २ मा प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ।

Shivam cement

निवर्तमान मुख्यमन्त्री कार्कीले असंवैधानिक रूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभामा सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री बनाइदिन सर्वोच्चसँग परमादेशसमेत माग गरेका छन्।

प्रकाशित: Jul 11, 2023| 11:39 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्