NadaNada
आइतबार, भदौ १, २०८२

प्राकृतिक प्रकोपबाट मृत्यु हुनेको संख्या २५ पुग्यो

मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले २५ असार बेलुकी ५ बजे जारी गरेको तथ्यांकमा यस्तो जानकारी दिइएको हो।
 |  मंगलबार, असार २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०

vianetvianet

काठमाडौं– गृह मन्त्रालयले नेपालमा मनसुन सुरु भएयता हालसम्म प्राकृतिक विपद् घटनाबाट २५ जनाको मृत्यु, २५ बेपत्ता र १८ जना घाइते भएको जनाएको छ।

मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले २५ असार बेलुकी ५ बजे जारी गरेको तथ्यांकमा यस्तो जानकारी दिइएको हो।
नेपालमा मनसुन प्रवेश गरेयता बाढीपहिरोलगायत प्रकोपबाट हालसम्म ८३ घरमा क्षति पुगेको छ भनेर ११९ घरमा आंशिक क्षति भएको मन्त्रालयको तथ्यांक छ।

हालसम्म बाढीपहिरोबाट संखुवासभामा सबैभन्दा बढी क्षति पुगेको छ। संखुवासभामा बाढीपहिरोका कारण तीनको मृत्यु र १९ बेपत्ता भएका छन्। यस्तै, पाँचथरमा तीनको मृत्यु र तीन जना बेपत्ता भएका छन् भने ओखलढुंगामा पहिरो जाँदा एकै परिवारका चार जनाको मृत्युु भएको मन्त्रालयको विवरण उल्लेख छ।

यस वर्ष बाढीपहिरोबाट १२ लाख ५४ हजार प्रभावित हुने प्रक्षेपण विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरिसकेको छ। बाढीपहिरोबाट २ लाख ८६ हजार ९९८ घरधुरी प्रभावित हुने आकलन प्राधिकरणको छ।

प्रकाशित: Jul 11, 2023| 10:50 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्