आइतबार, भदौ १, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सरकारले भन्यो- बीआरआई परियोजना अन्तर्गत नेपालमा कुनै योजना अघि बढेको छैन

सरकारले भन्यो- बीआरआई परियोजना अन्तर्गत नेपालमा कुनै योजना अघि बढेको छैन

 |  सोमबार, असार २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार २५, २०८०

vianetvianet

काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउदले हालसम्म बीआरआई परियोजना अन्तर्गतका कुनै पनि कार्यक्रम नेपालमा सञ्चालन नभएको बताएका छन्।

सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले चीन सरकारसँग बीआरआईका लागि नेपालले २०१७ मा सम्झौता गरेको तर त्यसपछि बीआरआई अन्तर्गत कुनै पनि योजना नेपालमा अघि नबढेको बताए। 

मन्त्री साउदले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) आगामी अगस्ट महिनाबाट कार्यान्वयनको चरणमा जाने पनि बताए।

'एमसीसी परियोजना आगामी अगस्ट महिनादेखि कार्यान्वयनको चरणमा जान्छ। कार्यान्वयनको चरणपछि ५ वर्षमा यो पूरा हुन्छ। र, एमसीसी एउटा ग्रान्ड भएको हुनाले कार्यान्वयनको चरणमा गइसकेको छ। बीआरआई नेपालमा २०१७ मा नेपालले चीन सरकारसँग एमओयु गरिसकेको छ, यसपछि यसको कार्यान्वयनको सन्दर्भमा हामी थप छलफलको चरणमा छौँ। यो कार्यक्रमअन्तर्गत कुनै पनि योजना नेपालमा सुरु भएको छैन,' उनले भने।

पछिल्लो समय चिनियाँ राजदूत छन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गतको भएको दाबी गर्दै आएपछि नेपालमा बहसको विषय बनेको थियो।

Metro Mart

प्रकाशित: Jul 10, 2023| 18:41 सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्