आइतबार, वैशाख २७, २०८३

प्रधानमन्त्रीको स्पष्टीकरणसँगै प्रतिनिधिसभा बैठक स्थगित

 |  सोमबार, असार २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार २५, २०८०

काठमाडौं- प्रतिनिधिसभा बैठक असार २९ गतेसम्म स्थगित भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने समझदारी बनेसँगै एमालेबाट जारी अवरोध हटेको थियो।

National life

अवरोध हटेसँगै प्रधानमन्त्रीले आफ्नो विवादास्पद अभिव्यक्तिका सम्बन्धमा स्पष्टीकरण दिएर सकेसँगै सभामुखले बैठक असार २९ गते शुक्रबारसम्मका लागि स्थगित भएको घोषणा गरेका  छन्। अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्ली गएको भन्ने आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिएका थिए। उनले भावनामा बगेर आफूले त्यो अभिव्यक्ति दिएको र प्रधानमन्त्रीका रूपमा त्यस्तो अभिव्यक्ति दिन हुन्थेन भन्ने आत्मबोध भएको बताएका छन्।

प्रधानमन्त्रीको स्पष्टीकरणसँगै यसअघि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरिरहेको एमाले संसद चलाउन तयार भएको हो।

प्रकाशित: Jul 10, 2023| 17:42 सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्