बुधबार, मंसिर २४, २०८२

यस्तो छ सोमबारे व्रतको महत्व

 |  सोमबार, असार २५, २०८०

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

सोमबार, असार २५, २०८०

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ। अझ साउन महिनाको सोमबारको व्रत फलदायी मानिन्छ।

National life

सोमबारको उपवासले मानिसको इच्छा अनि आकांक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ।

सोमबार व्रत बस्ने चलन कसरी सुरु भयो? सोमबार शिवको व्रत बस्ने चलनको पछाडि धेरै पौराणिक तथा धार्मिक कथाहरु छन्। यी कथाहरुमध्ये तीन कथाहरु बढी चर्चित छन्।

पहिलो कथा- एक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको व्रत पश्चात धन प्राप्त गरेको कथा छ। दोस्रो-एक धनी व्यापारीको छ। जसको छोरा थिएनन्। लामो प्रतिक्षा पछि छोरा जन्मिए तर छोटो समयमै मृत्यु हुन पुग्यो।

कथाअनुसार शिव र पार्वतीको कृपाले छोराको पुनर्जन्म भएको थियो। तेस्रो-शिव र पार्वतीले खेलेको कौडा खेलको कथा छ।  कुनै पनि खालको व्रत वा उपवासले शारीरिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ। समय समयमा व्रत बस्नाले शरीरलाई फाइदा पुर्‍याउँछ। व्रतको धारणा परापूर्वकालका ब्राह्मणहरुले ‘ब्राह्मण धर्म’ प्रति मानिसलाई आकर्षित गर्न प्रयोग गर्दथे।

Laxmi sunrise bank
kumari

यसले शारीरिक स्वास्थ्यलाई फाइदा गर्ने हुँदा व्रत गर्ने स्वयं व्यक्तिले नै अनुभव गर्नसक्ने भएकाले हजारौँ वर्षदेखि यो चलन चलिआएको मानिन्छ।

प्रकाशित: Jul 10, 2023| 19:07 सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्