NadaNada
आइतबार, भदौ १, २०८२

लुम्बिनीका अर्थमन्त्री देउखुरीका आयोजनाको अनुगमनमा

 |  सोमबार, असार २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार २५, २०८०

vianetvianet

दाङ- लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले देउखुरी क्षेत्रका विभिन्न योजनाको अनुगमन गरेका छन्। उनले राप्ती गाउँपालिका–२ स्थित कटाहाघाटमा निर्माण हुने लागेको फोहरमैला व्यवस्थापन स्थलको अनुगमन गरेका हुन्।

पालिकामा यसअघि फोहरमैला व्यवस्थापन स्थल निर्माणमा विवाद भएपछि प्रदेश सरकारको संयोजनमा फोहरमैला व्यवस्थापन स्थल निर्माण कार्य अगाडी बढेको हो। ३० लाखको लागतमा फोहरमैला व्यवस्थापन स्थल निर्माण भइरहेको छ।

मन्त्री मास्कीले गढवा गाउँपालिका–४ स्थित खैराघाटको तटबन्धनको अनुगमन गरेका छन्। यस क्षेत्रमा तटबन्ध नहुँदा नागरिकले वर्षातमा सास्ती भोग्नुपरेको थियो। तटबन्ध निर्माण अन्तिम चरणमा पुगेसँगै यहाँका नागरिक खुसी भएका छन्।

त्यस्तै उनले गढवा गाउँपालिका–३ स्थित निर्माणाधीन कोल्डस्टोरको पनि अनुगमन गरेका छन्। कोल्डस्टोर निर्माण सम्पन्न भएपछि उत्पादित कृषिजन्य वस्तु भण्डारणका लागि सहज हुने मन्त्री मास्कीले बताए। उनले नियमितको अनुगमनले निर्माण दिगो र छिटो सम्पन्न हुने धारणा राखेका थिए।

प्रकाशित: Jul 10, 2023| 22:02 सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्