आइतबार, वैशाख २७, २०८३

दलीय झगडामा संसद् रोकिनु अस्वीकार्य : रवि लामिछाने

तीन दलको तजबिजमा संसद् चलाउने प्रक्रिया नमान्ने रास्वपाको चेतावनी।
 |  सोमबार, असार २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार २५, २०८०

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिक दलको झगडालाई लिएर संसद् अवरुद्ध गरिनु अलोकतान्त्रिक अभ्यास भएको बताएका छन्।

National life

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले संसद्ले धेरै काम गर्नुपर्ने अवस्थामा तीन राजनीतिक दल (कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र) को झगडामा सदन अवरुद्ध हुनु अस्वीकार्य भएको बताएका हुन्।

प्रधानमन्त्रीको अभिव्यक्तिबारे थप स्पष्ट पार्नुपर्ने र राष्ट्रिय स्वाधीनताको मुद्दामा अप्ठेरो हुने खाले अभिव्यक्ति नदिन उनले प्रचण्डलाई सचेत गराए।संसद्लाई नेताहरूको जुँगाको लडाइँ नबनाउन र मिटरब्याज पीडितका लागि ल्याइएको अध्यादेश अन्तिम दिनमा किन पेस गरिएको भनेर उनले प्रश्न गरे।

सभापति लामिछानेले तीन दलको तजबिजमा संसद् चलाउने प्रक्रिया आफूहरुले नमान्ने चेतावनी दिए।

प्रकाशित: Jul 10, 2023| 16:44 सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्