NadaNada
आइतबार, भदौ १, २०८२

अचारले उद्यमी बनेकी माया

चुलोचौकोमा सीमित पाठकको दैनिकी अचार उद्योग सञ्चालनपश्चात् फेरिएको छ।
 |  मंगलबार, असार २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार २६, २०८०

vianetvianet

स्याङ्जा- स्याङ्जाको गल्याङ नगरपालिका-३, आदर्श टोल निवासी ४४ वर्षीया माया पाठकले तालिमलाई सदुपयोग गरेर आत्मनिर्भर बनेकी छन्।

उनले महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडद्वारा ०७७ सालमा प्रदान गरेको एक हप्ते अचार बनाउने तालिम लिएकी थिइन्। उनी आत्मनिर्भर मात्र बनेकी मात्रै छैनन् प्रशिक्षकका रूपमा विभिन्न ठाउँमा महिलालाई अचार बनाउने तालिमसमेत दिँदै आएकी छन्। तालिम लिएपछि उनले पाठक अचार उद्योग दर्ता गरेर व्यावसायिक रूपमा अचार बनाउन थालिन्।

६० हजार रुपैयाँबाट सुरु गरेको अचार उद्योगकको लगानी हाल ५ लाख पुगेको उनले बताइन्। चुलोचौकोमा सीमित पाठकको दैनिकी अचार उद्योग सञ्चालनपश्चात् फेरिएको छ। उनी बिहान सबेरै उठ्छिन्। अचारका लागि विभिन्न कच्चापदार्थ चक्कुको सहायताले टुक्रा पार्छिन्। मसला र तेलमा कच्चा पदार्थ राम्ररी मोल्छिन्।

दिउँसो छोरी बुहारीको सहयोग लिएर मोलेर राखेको अचार बट्टामा खाद्छिन्। कसैले अचार खाँद्ने, कसैले सिल्लर गर्ने, कसैले स्टिकर टाँस्ने, कसैले प्लास्टिकले लेप गर्ने यो उनीहरूको दैनिकी हो।

‘उद्योग सञ्चालनपश्चात् कोभिडको मारमा परियो, बिक्रीका लागि ठिक्क पारेका अचार स्टोरमै थन्काउनुपर्ने भयो,’ उनले भनिन्, ‘व्यवसाय छोडौं कि निरन्तरता दिउँ भन्ने दोधार मनका बीच व्यवसायलाई यहाँसम्म ल्याएकी छु, अहिले राम्रो हुँदै गएको छ।’ आफूले उत्पादन गरेको अचारबाट वार्षिक साढे २ देखि ५ लाख आम्दानी गर्ने गरेको बताए।

Metro Mart

‘भान्साको गहनाका रूपमा लिइने अचार सबै स्वस्थ व्यक्तिका लागि लोकप्रिय छ,’ उनले भनिन्, ‘अचार गुणस्तरीय र स्वादिलो भए पनि ठूलो परिणाममा उत्पादन गर्दा बजारीकरणमा समस्या छ।’ बजारीकरणको राम्रो व्यवस्था भए अझै २/४ जनालाई रोजगार दिन सक्ने उनले दाबी गरिन्।

उनको उद्योगको अचार गल्याङ, वालिङ, पाल्पा बुटवललगायतका स्थानमा थोक तथा खुद्रा बिक्री हुने गरेको छ। उद्योगमा लप्सी, अमला, गुन्द्रुकभट्ट, अकबरे खुर्सानी, डल्ले खुर्सानी, हरिया र सुकेका खुर्सानी, तामा, कागती, लसुन, आँप, मिक्स, गाँजर मुलालगायतका अचार उत्पादन हुने गरेका छन्।

यहाँ उत्पादितमध्ये लप्सी, लसुन, अकबरे खुर्सानी र कटहरको अचार अत्यधिक लोकप्रिय छन्। ‘घरेलु तथा साना उद्योग कार्यालय स्याङ्जाबाट सिल्लर मेसिन पाएपछि अचार सुरक्षित गर्न सजिलो भएको छ,’ मायाले भनिन्, ‘ड्राइ मेसिनका लागि विभिन्न ठाउँमा निवेदन दिए तर पनि पाउँन सकेकी छैन, ड्राइ मेसिनको अभावमा बर्खामा अचार सुकाउन समस्या भएको छ।’

पाठकको श्रीमान् खेमानन्द रोजगारको सिलसिलामा भारतमा हुनुहन्छ भने एक छोरा सुरज वैदेशिक रोजगारमा गएका छन्। उनलाई बुहारी आरती र छोरी पूजाले अचार बनाउन सघाउँदै आएका छन्। गल्याङ नगरपालिकाका मेयर गुरु भट्टराईले सिपमूलक तालिम सिकेर आत्मर्निभर बनेका महिलालाई नगरपालिकाले प्रोत्साहानका योजना ल्याएको बताए।

‘नगरपालिकाले नयाँ आर्थिक वर्षमा धेरैभन्दा धेरै स्वरोजगार उत्पादन गर्ने लक्ष्य राखेको छ,’ उनले भने, ‘परम्परागत पेसा, अस्तकला, महिलाको सिपलाई विशेष प्राथमिकताका साथ नगर अगाडि बढ्ने योजनामा छ।’  
-रासस

प्रकाशित: Jul 11, 2023| 06:36 मंगलबार, असार २६, २०८०
प्रतिक्रिया दिनुहोस्