बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कतारबाट साढे दुई अर्ब बढी रकमको अवैध सुन ल्याउने १२ जना  पक्राउ

कतारबाट साढे दुई अर्ब बढी रकमको अवैध सुन ल्याउने १२ जना  पक्राउ

कतारबाट नेवानि विमानमार्फत आइतबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका १२ जनासँग सुनका गहना फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।
 |  सोमबार, असार २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार २५, २०८०

काठमाडौं– नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले कतारबाट अवैधर सुन ल्याएको आशंकामा १२ जनालाई पक्राउ गरेको छ। प्रहरीले गैरकानुनी रूपमा कतारबाट भन्सार छलेर सुन ल्याउने १२ नेपालीलाई सार्वजनिक गरेको हो। 

National life

सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमको विमानबाट आइतबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका १२ जनासँग  सुनका गहना फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।

प्रहरीका अनुसार पक्राउ परेकाले करिब २ अर्ब ३७ करोड ८२ लाख ३६ हजार ५४९ रुपैयाँ बराबरको सुन कारोबार गरेको प्रहरीले प्रारम्भिक छानबिनबाट देखिएको छ।

प्रहरीले कतारबाट अवैध सुन ल्याउने भुमबहादुर वली, विनोदकुमार साह, सञ्जुकुमारी साह, दुर्गाप्रसाद यादव, देवानन्द साह, शिवसुन्दर राउत, मोहनकुमार यादव, सुनिलकुमार महरालगायत पक्राउ गरेको छ। यस्तै, दिनेशकुमार यादव, सन्तुगुलाम मुराउ, नरेश पञ्जियार, निभाइ साहलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित: Jul 10, 2023| 16:24 सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्