बिहीबार, असार ४, २०८३

राजमार्ग मिचेर बनाएका संरचनामा महानगरको डोजर 

 |  सोमबार, असार २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार २५, २०८०

पोखरा- पोखरा महानगरपालिकाले पृथ्वीचोकदेखि विजयपुर खोलासम्म पृथ्वी राजमार्गको दायाँबायाँ मापदण्डभित्रका संरचनामा डोजर चलाएको छ।

National life

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड हाल दुई भागमा विस्तार कार्य गरिँदै छ। सडक विस्तारकै लागि राजमार्गको दायाँबायाँ पर्ने २९ मिटरभित्रका संरचनामा महानगरले डोजर चलाएको हो।

महानगरका मेयर धनराज आचार्यले हिजो (आइतबार) नै फेसबुकमा स्टाटस लेखेर सोमबारदेखि ती संरचना हटाउन सुरु गरिने बताएका थिए। उनका अनुसार मापदण्डभित्र परेका संरचना हटाउन एक महिनाअघि नै सूचना जारी गरिएको थियो। तर, अटेरी गरिएकाले डोजर चलाउनुपरेको हो। स्थायी र अस्थायी गरी तत्काल ६० संरचना हटाइने उनले जानकारी दिए।

दातृनिकाय एडीबीले यो सडकमा लगानी गरेको छ। सडकको अवस्था बुझ्नका लागि एडीबीको टिम आउनुअगावै राजमार्गको ‘राइट अफ वे क्लियर’ गर्न थालिएको मेयर आचार्यको भनाइ छ। उनका अनुसार एडीबीको टिम बुधबार पोखरा आउँदै छ।

विजयपुरदेखि लेखनाथ क्षेत्रमा मुआब्जाको विषय टुंगिन बाँकी रहेकाले त्यहाँका संरचना हटाउन केही समय लाग्ने उनले बताए।

Shivam cement

प्रकाशित: Jul 10, 2023| 21:01 सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्