आइतबार, भदौ १, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • प्रतिनिधिसभामा विवादास्पद अभिव्यक्तिबारे क्षमा माग्दै प्रधानमन्त्री प्रचण्ड

प्रतिनिधिसभामा विवादास्पद अभिव्यक्तिबारे क्षमा माग्दै प्रधानमन्त्री प्रचण्ड

प्रचण्डले प्रधानमन्त्री हुन दिल्ली दौडिनुपर्ने विवादास्पद अभिव्यक्तिबारे प्रतिनिधिसभामा उभिएर क्षमायाचना गर्ने सहमति नेतात्रयबीच जुटेपछि बुधबारदेखि अवरुद्ध सदन खुल्ने संकेत।
 |  सोमबार, असार २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार २५, २०८०

vianetvianet

काठमाडौं– सदनमा प्रमुख प्रतिपक्षी एमालेले पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री हुन दिल्ली दौडिनुपर्ने विवादास्पद अभिव्यक्तिमा क्षमायाचना र कमजोरी स्वीकार्ने प्रतिबद्धता जनाएपछि राजीनामा मागबाट पछि हटेर सदन चल्न दिने सहमति भएको छ।

सोमबार प्रधानमन्त्री प्रचण्डले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग सदन खुलाउने विषयमा गरेको छलफलमा आफ्नो अभिव्यक्तिमा गल्ती भएको स्वीकार्दै  सचिवालयले जारी गरेको वक्तव्यप्रति पनि दुःख व्यक्त गरेसँगै तीन नेताबीच सदन खुलाउने सहमति जुटेको हो।

‘तीन नेताबीचको सहमतिअनुसार प्रधानमन्त्रीले आफ्नो वक्तव्य असावधानीपूर्वक आएको, त्यसमा कमजोरी भयो भनेर आत्मालोचना गर्ने, सचिवालयले निकालेको वक्ततव्यप्रति पनि दुःख व्यक्त गर्ने र एमालेले सदनको अवरोध हटाउने सहमति तीन नेताबीच भयो’, एमाले एमाले सचिव योगश भट्टराईले भने।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको शीर्ष त्रयनेताको बैठकमा संघीय संसद्को अवरोध खुलाउने विषयमा सहमति भएको हो। सदन सुचारु भए मिटरब्याज पीडितलाई न्याय हुने गरी सरकारले संसद्मा पेस गरेको विधेयकमाथि छलफल भई पारित हुनेछ। प्रधानमन्त्री प्रचण्डले आजै संसद्लाई सम्बोधन गर्ने नेताहरुले बताएका छन्।

प्रकाशित: Jul 10, 2023| 15:53 सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्