बुधबार, वैशाख ३०, २०८३

झिनो अंकले घट्यो नेप्से 

 |  सोमबार, असार २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार २५, २०८०

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ८० अंकले ओरालो लागेर दुई हजार ७६ दशमलव ९६ मा सीमित भएको छ। 

National life

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ११ अंकले बढेर तीन सय ८८ दशमलव ६२ मा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको शेयर मूल्यमा भने बृद्धि भएको छ। 

विभिन्न कम्पनीका एक करोड ११ लाख ८२ हजार तीन सय ३५ कित्ता सेयर रु तीन अर्ब ७९ करोड ७९ लाख ८६ हजार पाँच सय ८३ मूल्यमा खरिद बिक्री भएका छन्। 

नेप्सेका अनुसार कारोबारका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ। सो कम्पनीको ३३ करोड १२ लाख ९० हजार नौ सय १२ मूल्यमा कारोबार भएको छ। 

आजको कारोबारमा हिमालयन लाइफ इन्स्योरेन्स २४ करोड ९१ लाख ८६ हजार नौ सय ९२, प्राइम बैंक २४ करोड ८९ लाख ५० हजार पाँच सय, शिवम् सिमेन्ट १५ करोड ५१ लाख ५३ हजार छ सय १८ र सिटी होटल नौ करोड एक लाख ६२ हजार सात सय ६२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्। 

नेप्सेका अनुसार रावा इनर्जी कम्पनीको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ। साथै गुह्यश्वरी मर्चेन्टको शेयर मूल्य सात दशमलव २३, श्वेतगङ्गा हाइड्रोपावरको शेयर मूल्य छ दशमलव ७९ प्रतिशत र अरुण काबेली पावरको सेयर मूल्य छ दशमलव ५४ प्रतिशतले बढेको छ। नेप्सेका अनुसार नेपाल फाइनान्सको सेयर मूल्य छ दशमलब ३६ प्रतिशतले बढेको छ।

आजको कारोबारमा हिमालयन हाइड्रोपावरको शेयर मूल्य छ दशमलव ३४, सिटी होटलको छ दशमलव २६, सिद्धार्थ इक्विटी फण्ड पाँच दशमलव ८०, सुपर मादी हाइड्रोपावर पाँच दशमलव शून्य सात र बलेफी हाइड्रोपावरको सेयर मूल्य चार दशमलब ७६ प्रतिशतले घटेको छ।
 

प्रकाशित: Jul 10, 2023| 15:37 सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्