आइतबार, वैशाख २७, २०८३

संसद् अवरोध हटाउन शीर्ष नेताबीच सहमति

 |  सोमबार, असार २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार २५, २०८०

काठमाडौं- प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक सकिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको शीर्ष नेताको बैठकमा संघीय संसद‍‍्को अवरोध खुलाउने विषयमा सहमति भएको छ।

National life

शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदमा देखिएको अवरोध खुलाउन आग्रह गरेका थिए। बैठकपछि बाहिरिएका प्रधानमन्त्री प्रचण्डले सानातिना विषयलाई लिएर संसद‍् अवरोध गर्नु राम्रो नभएको बताउँदै आफू संसद‍्मा सम्बोधन गर्न जान लागेको प्रतिक्रिया दिए।

प्रतिनिधिसभाको बैठक आज तीन बजेका लागि बोलाइएको छ।

आजको बैठकमा मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक पेश गर्ने कार्यसूची छ। प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम छ।

शीर्ष नेताको बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थिती थियो।

प्रकाशित: Jul 10, 2023| 15:19 सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्