बिहीबार, असार ४, २०८३

बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३९ घाइते 

 |  सोमबार, असार २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार २५, २०८०

काठमाडौं- बैतडीको मेलौलीमा आज दिउँसो भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर अन्य ३९ यात्रु घाइते भएका छन्।

National life

मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका ६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा मृत्यु भएको हो।

पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै लु२ख २०११ नम्बरको पवनदुत यातायातको बस दिउँसो १ बजे  मेलौली नगरपालिका ७ स्वाखानीमा दुर्घटनामा परेको हो।

सडकबाट ४०० मिटर तल खसेर रूखमा अड्किएको बस दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
 

प्रकाशित: Jul 10, 2023| 15:10 सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्