बिहीबार, साउन २१, २०८३

भूकम्पले हल्लियो सिन्धुपाल्चोक

बाह्रबिसे आसपास केन्द्र भएर दिउँसो १२ बजेर ४७ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको हो।
 |  सोमबार, असार २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार २५, २०८०

काठमाडौं– सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरले जनाएको छ। केन्द्रका बाह्रबिसे आसपास केन्द्र भएर दिउँसो १२ बजेर ४७ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि ८ असारमा लमजुङको भलायखर्क आसपास केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो। पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिन्छ।

प्रकाशित: Jul 10, 2023| 14:45 सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्