बुधबार, वैशाख ३०, २०८३

वैदेशिक अनुदानको अवस्था टिठलाग्दो

सरकारले चालू आवमा वैदेशिक अनुदानबाट ठूलो रकम प्राप्तिको लक्ष्य राखे पनि नतिजा टिठलाग्दो देखिएको महालेखाको विवरण।
 |  सोमबार, असार २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार २५, २०८०

काठमाडौं– सरकारले चालू आर्थिक वर्ष २०७९–८० मा वैदेशिक अनुदानबाट ठूलो रकम बटुल्ने लक्ष्य राखे पनि नतिजा टिठलाग्दो देखिएको छ। सरकारले चालू आवमा ५५ अर्ब ४५ करोड रुपैयाँ अनुदान लिने लक्ष्य राखे पनि २४ असारसम्म ४ अर्ब ८० करोड मात्र प्राप्त गरेको विवरण महालेखा नियन्त्रकको कार्यालयको सार्वजनिक गरेको हो।

National life

आर्थिक वर्ष सकिनै लाग्दा सरकारले अनुदान संकलनमा निर्धारित लक्ष्यको ८.६६ प्रतिशत मात्र प्रगति गरेको देखिएको छ। सरकारले २४ असारसम्म १२ अर्ब ४ करोड २३ लाख राजस्व संकलन गरेको छ, जुन २३ असार को तुलनामा ११ अर्ब २० करोड बढी हो। सरकारले २३ असारमा ८३ करोड ५६ लाख राजस्व संकलन गरेको महालेखाको विवरण देखाइएको छ।

आर्थिक वर्ष सकिने बेला सरकारी राजस्व संकलन बढे पनि लक्ष्य भेट्याउन गाह्रो देखिन्छ। सरकारले चालू आवमा १४ अर्ब ३ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिए पनि हालसम्म ८ खर्ब ९२ अर्ब मात्रै संकलन भएको छ। राजस्व उठती सरकारी लक्ष्यको ६३.६२ प्रतिशत मात्रै हो।
चालू आवमा ३ खर्ब ८० अर्ब पुँजीगत खर्च गर्ने लक्ष्य निर्धारण गरेको सरकारले २४ असारमा २ खर्ब १० अर्ब मात्र खर्चिएको छ।

सरकारले २४ असारमा मात्रै झन्डै २० अर्ब पुँजीगत खर्च गरेको महालेखाको विवरणामा उल्लेख छ। सरकारले यस आर्थिक वर्षमा ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख चालु खर्च गर्ने लक्ष्य निर्धारण गरेको थियो। यो शीर्षकमा हालसम्म १० खर्ब १ अर्ब खर्च भएको छ।

 

 

प्रकाशित: Jul 10, 2023| 13:59 सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्