बिहीबार, साउन २१, २०८३

चीनको पूर्वप्राथमिक विद्यालयमा आक्रमण, ६ जनाको मृत्यु

 |  सोमबार, असार २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार २५, २०८०

दक्षिणी चीनको गुआङ्डोङ प्रान्तको एक पूर्वप्राथमिक (किन्डरगार्टेन) विद्यालयमा सोमबार भएको आक्रमणमा परी छ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको सरकारी प्रवक्ताले बताएका छन्।

मृत्यु हुनेमा एक शिक्षक, दुई अभिभावक र तीन विद्यार्थी रहेका छन्। उनले लियानजियाङ सहरमा भएको आक्रमणमा प्रयोग भएका हतियार , पीडितको पहिचान र उमेरबारे विस्तृत जानकारी दिएका छैनन्।

'घटनामा सम्लग्न रहेको आरोपमा शंकास्पद एक जनालाई पक्राउ गरिएको छ,' उनले भने। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

स्थानीय प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'शंकास्पद व्यक्ति वु नाम गरेका २५ वर्षीय पुरुष रहेका र उनको घटनासँगको सम्लग्नताबारे अनुसन्धान भइरहेको छ।' चाइना न्यूज नेटवर्कका अनुसार स्थानीय समयअनुसार ७:४० बजे उक्त घटना भएको हो।

अपराधस्थल देखाउने दाबी गर्दै पैदल यात्रीहरूले खिचेको र पोष्ट भएका भिडियोहरू चीनमा प्रसिद्ध सामाजिक सञ्जाल वेइबोबाट हटाइएको छ। बन्दुकलाई कडाइका साथ नियन्त्रण गरिए पनि चीनले धारिलो हतियार प्रहार गरी हुने घटनालाई नियन्त्रण गर्न संघर्ष गरिरहनुपरेको छ। चीनमा हालैका दशकहरूमा अर्थतन्त्रमा वृद्धि भएको छ र धनी र गरीबबीचको खाडल तीव्र रूपमा फराकिलो भएको छ।

प्रकाशित: Jul 10, 2023| 13:16 सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्