शनिबार, साउन २, २०८३

संसद्‍को अवरोध खुलाउन प्रचण्ड, देउवा र ओली छलफलमा

 |  सोमबार, असार २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार २५, २०८०

काठमाडौं- संघीय संसद्को अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरू वार्तामा बसेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा छलफल हो।

तीन नेताबीच  हिजो पनि छलफल भएको थियो। सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने र एमाले अवरोध हटाउन तयार हुने सहमति भए पनि संसद् भवन पुगेपछि बिथोलिएको थियो। त्यसपछि सभामुखले बैठक आजसम्मलाई स्थगित गरेका थिए। प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजेलाई बोलाइएको छ।

१८ असारमा प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचन समारोहमा भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको विरोध गर्दै एमालेले राजीनामा माग गर्दै आएको छ।

प्रकाशित: Jul 10, 2023| 13:05 सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्