बुधबार, वैशाख ३०, २०८३

११ महिनामा भित्रियो ११ खर्ब १२ अर्ब रेमिट्यान्स

राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालू आवको ११ महिनासम्म विप्रेषण आप्रवाह २२.७  प्रतिशतले वृद्धि भएको हो।
 |  सोमबार, असार २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार २५, २०८०

काठमाडौं– चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ११ खर्ब १२ अर्ब ५२ करोड बराबरको विप्रेषण (रेमिट्यान्स) भित्रिएको राष्ट्र बैंकले विवरण सार्वजनिक गरेको छ। आज राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालू आवको ११ महिनासम्म विप्रेषण आप्रवाह २२.७  प्रतिशतले वृद्धि भएको हो।

National life

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३ प्रतिशतले वृद्धि भई ८ अर्ब ५१ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भई ४ लाख ५९ हजार ४१५ पुगेको राष्ट्र बैंकले जनाएको छ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले वृद्धि भई २ लाख ६० हजार २६२ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८.३ प्रतिशतले बढेको थियो।

प्रकाशित: Jul 10, 2023| 12:14 सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्