बिहीबार, असार ४, २०८३

एक वर्षमा ६ वटा बाघको उद्धार

निकुञ्जका विभिन्न स्थानमा घाइते, अलपत्र वा बिरामी परेका बाघको उद्धार गरिएको हो।
 |  सोमबार, असार २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार २५, २०८०

चितवन–चितवन राष्ट्रिय निकुञ्जले चालू आर्थिक वर्षमा ६ वटा बाघको उद्धार गरेको छ। निकुञ्जका विभिन्न स्थानबाट ती बाघको उद्धार गरिएको हो।

National life

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उद्धार गरिएका बाघमध्ये तीन वटालाई निकुञ्जमा छाडिएको छ। समस्याग्रस्त भएका, घाइते भएका बाघलाई उद्धार गरिएको उनले बताए।

उद्धार गरी ल्याइएका बाघको अवस्था हेरी निकुञ्जको कोरइलाकामा छाड्ने गरिन्छ। बाँके राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा एक/एक वटा पठाइएको छ भने एउटालाई खोरमा राखेर उपचार भइरहेको उनले जानकारी दिए।

उद्धार गरी ल्याइएका बाघ उपचारको क्रममा मर्ने र बानीमा सुधार आएपछि निकुञ्जमा छोडिने गरिन्छ। यस वर्ष उद्धार गरिएकोमा चार वटा भाले र दुई वटा पोथी बाघ रहेको निकुञ्जले जनाएको छ ।

गत आर्थिक वर्षमा निकुञ्जले समस्याग्रस्त र घाइते सात वटा बाघको उद्धार गरेको थियो। यीमध्ये दुईवटा उपचारका क्रममा मरेको, चार वटाको आनीबानीमा सुधार आएसँगै निकुञ्जमा छाडिएको थियो। एउटा बाघलाई अहिले पनि निकुञ्जको खोरमा राखिएको उनले बताए।

Shivam cement

यस वर्ष उद्धार गरिएका बाघमध्ये दुईवटा पोथी र पाँच वटा भाले रहेका छन्। निकुञ्जको खोरमा बाघको संख्या बढेसँगै यहाँबाट बाघलाई विभिन्न निकुञ्जमा स्थानान्तरण गरिएको छ।

निकुञ्जको मुख्यालय कसरामा रहेका खोरमा तीन वटा र सौराहामा रहेको खोरमा दुईटा बाघ रहेका छन्। पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८ बाघ छन्।

प्रकाशित: Jul 10, 2023| 11:21 सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्