बिहीबार, असार ४, २०८३

पानी नपर्दा महोत्तरीमा रोपाइँ गर्न ढिलाइ 

 |  सोमबार, असार २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार २५, २०८०

महोत्तरी- महोत्तरीमा असार महिना सकिन लाग्दा पनि १० प्रतिशत मात्रै रोपाइँ भएको छ। कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख डा. रामचन्द्र यादवका अनुसार यसपालि किसानले समयमै धानको ब्याड (बीउ) राख्न नपाएको र अहिलेसम्म पर्याप्तरुपमा पानी नपर्दा धान रोपाइँमा ढिलाइ भएको हो।

National life

उनले गत वर्ष अहिलेसम्मको अवधिमा जिल्लामा ५० प्रतिशतभन्दा बढी रोपाइँ भइसकेकोमा यस वर्ष अहिलेसम्म १० प्रतिशत धान मात्रै रोपाइँ भएको बताए।

महोत्तरीमा धान खेतीयोग्य जग्गा ५० हजार हेक्टर रहेकामा बर्सेनि औसतमा ४५ हजार हेक्टर जग्गामा धान खेती हुँदै आएको छ तर यस वर्ष  सो सङ्ख्या घट्ने अनुमान गरिइएको छ।

जिल्लामा १२ महिना सिँचाइ पुगेको जग्गा २१ हजार हेक्टर मात्रै रहेको छ र अन्य जग्गामा अहिले पनि आकाशे पानीकै भरमा धान खेती हुँदै आएको केन्द्रले जनाएको छ। 

किसानलाई चाहिएको बेला पानी परेको वर्षमा धान खेतीमा वृद्धि र समयमा पानी नपर्दा धान खेतीमा ह्रास आउने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाएको छ।

Shivam cement

धानखेती प्रवर्द्धन गर्नका लागि पछिल्लो समयमा कृषि ज्ञान केन्द्रले सक्रियता देखाएको कार्यालय प्रमुख डा. यादवले बताए।

उनले जिल्लामा धानखेती प्रवर्द्धनका लागि कार्यालयबाट किसानको खेतीमा सिँचाइ पुर्‍याउने उद्देश्यले यसवर्ष १२०  स्यालो ट्युबेल जडान गर्न सम्झौता गरेको, ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण गरेको, बीउ भण्डारण र प्रशोधनको प्रबन्ध मिलाएको र किसानका लागि मिल तथा अन्य आवश्यक कृषि प्रयोजनको सामग्री उपलब्ध गराएको  बताए।

प्रकाशित: Jul 10, 2023| 10:40 सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्