शनिबार, साउन २, २०८३

मंगलबारलाई सर्‍यो आज बस्ने भनिएको राष्ट्रियसभा बैठक

 |  सोमबार, असार २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार २५, २०८०

काठमाडौं- आजका लागि बोलाइएको राष्ट्रियसभाको बैठक स्थगित भएको छ। बिहान ११ बजेर १ मिनेटमा संसद भवन नयाँबानेश्वरमा बस्ने भनिएको बैठक भोलि सोही समयमा बस्ने गरी सारिएको छ। 

विशेष कारणवश बैठकको समय सारिएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सचिवालयले जनाएको छ। 

संघीय संसद सचिवालयले  आजको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत छलफल हुने कार्यसूची तय गरेको थियो । 

प्रकाशित: Jul 10, 2023| 10:30 सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्