बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मृग ठानेर बन्दुक पड्काउँदा साथीको ज्यान गयो, शव पुरेर घटना लुकाए

मृग ठानेर बन्दुक पड्काउँदा साथीको ज्यान गयो, शव पुरेर घटना लुकाए

 |  सोमबार, असार २५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार २५, २०८०

भोजपुर- भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ। बन्दुकले लागेर भोजपुर–१२ टक्सारका  १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। 

National life

घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिए। घटना यही असार २२ गते रातिको भए पनि गोली लागेर साथी मरेपछि उनीहरुले खोलाको बगरमा पुरेको उनको भनाइ छ। मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा गए राति उनीहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

‘घटना २२ गते रातिको भन्ने बुझिएको छ’, प्रहरी प्रमुख थापाले भने, ‘साथी मरेपछि अखुवा खोला बगरमा पुरेर घटना लुकाउन खोजेको अनुसन्धानबाट देखिएको छ। हामीलाई सूचना आउनासाथ छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौँ। पुरिएको अवस्थामा फेला परेको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याएका छौँ। थप अनुसन्धान जारी छ।’

मृतकका आफन्तले यही असार २४ गते  खोजीको लागि जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएलगत्तै आरोपीलाई पक्राउ गरिएको हो। 
 

प्रकाशित: Jul 10, 2023| 10:00 सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्