NadaNada
मंगलबार, भदौ ३, २०८२

गोरखाका पाँच स्थानीय तहको बजेट स्वीकृत

 |  सोमबार, असार २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असार २५, २०८०

vianetvianet

गोरखा- गोरखा जिल्लाभित्रका पाँच  स्थानीय तहको आगामी आर्थिक वर्ष २०८०–०८१ बजेट स्वीकृत भएको छ। जिल्लाको बारपाक सुलिकोट, अजिरकोट, भीमसेन थापा, सिरानचोक र सहिद लखन गाउँपालिकाको आगामी आवको बजेट पारित भएको हो।

बारपाक सुलिकोटले आगामी आव २०८०–०८१ का लागि कूल ६० करोड ३९ लाख ६९ हजार बराबरको बजेट गाउँसभाबाट स्वीकृत गरिसकेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए।

त्यस्तै सहिद लखनले ६३ करोड २० लाख १० हजार बराबरको बजेट गाउँसभाबाट स्वीकृत गरेको छ भने सिरानचोकले असार ७९ करोड ८४ लाख ५५ हजार ६ सय रुपैयाँ बराबरको बजेट घोषणा गरी पारित गरेको गाउँपालिकाले जनाएको छ। 

जिल्लाको अजिरकोटले आगामी आवका लागि ४९ करोड ३४ लाख ९३ हजार बराबरको बजेट पारित गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो। भीमसेन थापाले ५५ करोड ८४ लाख ३० हजार चार सयको बजेट ल्याएको छ।

सो गाउँपालिकाले यही असार १० गते नीति तथा कार्यक्रम र बजेट एकैदिन गाउँसभाबाट स्वीकृत गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बङ्जरा (अक्कल) ले जानकारी दिए। पाँचवटै स्थानीय तहहरूले असार १० गतेभित्रै आगामी आवको बजेट नीति तथा कार्यक्रम पारित गरेका हुन्।

Metro Mart

जिल्लाको ११ स्थानीय तहमध्ये छ स्थानीय तहहरूको बजेट भने स्वीकृत गर्न बाँकी रहेको छ। गोरखा र पालुङटार नगरपालिका, आरुघाट, चुमनुब्री, धार्चे र गण्डकी गाउँपालिकाको बजेट पारित हुन बाँकी रहेको हो।

गोरखाले आवका लागि कूल एक अर्ब ३२ लाख ६५ हजारको बजेट नगरसभामा पेश गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए। त्यस्तै पालुङटार नगरपालिकाले ८३ करोड ८७ लाख २५ हजार, आरुघाटले ५८ करोड १६ लाख १७ हजार सात सयको बजेट गाउँसभामा पेश गरेको छ।

उत्तरी गोरखाको चुमनुब्रीले पनि आगामी आवको बजेट स्वीकृत हुन बाँकी रहेको जनाएको छ। आजदेखि सुरु हुने गाउँसभाले आगामी आवको बजेट पारित गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए। 

धार्चेले ४८ करोड ९१ हजार पाँच सय बराबरको बजेट ल्याएको छ भने गण्डकी गाउँपालिकाले ६१ करोड ७२ लाख बजेट गाउँसभामा पेश गरेको छ। गाउँसभाबाट बजेट पारित हुन बाँकी रहेका सबै स्थानीय तहहरूले असारभित्रै बजेट स्वीकृत भइसक्ने जनाएका छन्।

प्रकाशित: Jul 10, 2023| 09:47 सोमबार, असार २५, २०८०
प्रतिक्रिया दिनुहोस्