बिहीबार, असार ४, २०८३

यसकारण अन्तिम समयमा भंग भयो संसद् खोल्‍ने सहमति 

 |  आइतबार, असार २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार २४, २०८०

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ शर्त अघि सारेपछि अन्तिम समयमा संसद् खोल्‍ने सहमति भंग भएको छ। अध्यक्ष ओलील प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएपछि मात्रै संसद् अवरोध हट्‍ने बताएका छन्।  संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डका कारण संसद बन्द भएको आरोप लगाएका छन्।

National life

उनले आफूहरु सकारात्मक भए पनि प्रधानमन्त्री कै कारण संसद बैठक सरेको आरोप लगाएका छन्। उनले एमालेमाथि लगाइएको गम्भीर आरोपहरु फिर्ता नभएकाले सहमत हुन नसकेको जिकिर गर्दै प्रधानमन्त्रीको राजीनामा नआए संसद चल्न नसक्ने दाबी गरेका छन्। उनले एमालेमाथि लगाइएका आरोपहरु फिर्ता लिनुपर्ने शर्तसमेत राखेका छन्। 

के हुदाँ सहमति जुट्छ? सञ्चारकर्मीको जिज्ञासामा ओलीले भने- ‘राजीनामा चाहियो।’

प्रधानमन्त्रीको जेठ २१ गतेको वक्तव्य हेर्न भन्दै उनले त्यसप्रति गम्भीर आपत्ति जनाए। यसअघि आइतबार नै सदनको गतिरोध अन्त्य गर्ने विषयमा सिंहदरबारमा शीर्ष दलको बैठकमा सहमति जुटेको भनिए पनि सहमति हुन नसक्दा सोमबारसम्मका लागि संसद् बैठक स्थगित भएको छ। 

संसद सचिवालयले सूचना टाँस गरेर बैठक भोलिसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएको हो। सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो। 

Shivam cement

तर, केहीबेरपछि एमालेले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभिव्यक्ति र प्रेस सल्लाहकार गोविन्द आचार्यले जारी गरेको प्रेस विज्ञप्ती समेत फिर्ता लिनुपर्ने नयाँ प्रस्ताव राखेपछि संसद् खोल्‍नेबारे थप अन्योलता सिर्जना भएको हो। 
 

प्रकाशित: Jul 09, 2023| 22:10 आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्