बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मीनबहादुरको बचाउमा व्यवसायीले भने-  निजी क्षेत्रमा त्रसित बन्यो, अर्थतन्त्रमा असर पर्छ

मीनबहादुरको बचाउमा व्यवसायीले भने-  निजी क्षेत्रमा त्रसित बन्यो, अर्थतन्त्रमा असर पर्छ

 |  आइतबार, असार २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार २४, २०८०

काठमाडौं- ललिता निवास प्रकरणमा पक्राउ परेका मिनबहादुर गुरुङको बचाउ गर्दै व्यवसायीहरुले विज्ञप्ति जारी गरेका छन्। व्यवसायी मीनबहादुर गुरुङ ललिता निवास प्रकरणमा पक्राउ पर्दा निजी क्षेत्र कमजोर बनेको आवाव निजी क्षेत्रबाट उठेको छ। 

National life

मुलुकको अथर्तन्त्रमा ८१ प्रतिशत हिस्सा रहेको निजी क्षेत्र अहिले समस्यामा रहँदा प्रमाणित हुन नससको प्रकरणमा व्यवसयाीलाई पक्राउ गर्दा निजी क्षेत्र कमजोर भएको बताएको हो। 

नेपाल उद्योग वणिजय महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त प्रेस विज्ञप्ति जारी गरेको छ। जसमा अहिले बजारमा न्यून मागका कारण लगानी विस्तार हुन नसक्दा कूल गार्हस्थ्य उत्पादन अपेक्षितभन्दा ६ प्रतिशत बिन्दु कम भएको छ।

राजस्व संकलन गत वर्षभन्दा १३ प्रतिशतले घटेको उल्लेख छ। १० महिनायता मूल्य वृद्धिदर ७ प्रतिशतमाथि छ। उद्यम, व्यवसाय संकुचित हुँदा अर्थतन्त्रमा बहुआयामिक असर परेको हो। 

देशको अर्थतन्त्रको प्रमुख संवाहक रहेका उद्यमी व्यवसायीमाथि पछिल्लो समयमा भइरहेको धरपकडले पनि लगानी थप निरुत्साहित हुन सक्ने देखिएको निष्कर्ष उनीहरुको छ। 

Shivam cement

‘कानुनविपरीत काम गरेको प्रमाणित भए जो कोही पनि कारबाहीको भागिदार हुनुपर्छ र कारबाही गरिनुपर्छ’, निजीक्षेत्रले भनेको छ, ‘तर कुनै पनि विषयमा आरोप लाग्दैमा उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने, थुन्ने जस्ता कार्य गर्दा सहन सकिँदैन। यस्ता कार्यले निजी क्षेत्रलाई कमजोर बनाउने मात्रै नभई समग्र मुलुकको आर्थिक विकासमा नकारात्मक असर पर्न सक्छ।’

निजीक्षेत्रले अदालतले दोषी ठहर नगर्दै कुनै पनि व्यवसायीलाई थुन्ने जस्ता कार्यबाट त्रसित हुनु परेको जनाएको छ। कुनै पनि विषयमा आरोप लागेपछि व्यवसायीलाई थुनिहाल्ने नभएर राज्यले व्यवसायीका कुरा सुनिदिनुपर्ने उनीहरुको जोड छ।

‘राज्यको यस्तो प्रवृत्तिले उद्यमी व्यवसायीको मनोबल कमजोर भई हतोत्साही हुने तथा मुलुकको अर्थतन्त्र संकटमा रहेका बेला साना ठूला व्यवसायी एवम् उद्यमीप्रतिको यस्तो व्यवहारले नकारात्मक असर पर्ने भएकाले आवश्यक परे अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन निजी क्षेत्र हार्दिक आग्रह गर्दछ,’ उनीहरुले भनेका छन्। 

प्रकाशित: Jul 09, 2023| 18:10 आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्