आइतबार, भदौ १, २०८२

डिसहोम टिभी अब सिधै मोबाइलमा

 |  आइतबार, असार २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार २४, २०८०

vianetvianet

काठमाडौं- डिशहोमले अब मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने गरी मोवाइल एप ‘डिशहोम गो’ सञ्चालन गरिरहेको छ। हाल सेट टप वक्समा मात्र सिमित टिभी च्यानलहरुलाई ओटीटी प्रविधि मार्फत कम्पनीले मोवाइल डिभाइसमा उपलव्ध गराएको हो।

१५० भन्दा बढी लाइभ टिभी च्यानलहरु यो एपमा हेर्न सकिने कम्पनीले जनाएको छ। सात दिन सम्मको क्याचअप सुविधा रहेको यो एपमा टिभीमा प्रशारण भएका कन्टेन्टहरु हेर्न छुटेमा सात दिन अगाडि सम्मको कन्टेन्ट फेरी हेर्न सकिन्छ। डिशहोमले आफ्ना ग्राहकहरुलाईमात्र उपलब्ध गराइरहेको ‘डिशहोम गो’ मोबाइल एप हाल सम्पुर्ण प्रयोगकर्ता लाई निःशुल्क उपलब्ध गराएको छ।

‘डिशहोम गो’ एपमा लाइभ टिभि संगै स्वदेशी तथा विदेशी चलचित्र, नेपाली भाषामा नागिन, आनन्दी, भाग्य सिन्दूरको जस्ता चर्चित सिरिज, नेपली सिरिज, कार्टुन र अन्य थुप्रै कन्टेन्टहरु हेर्न सकिन्छ। ग्राहकहरु लाई थप मनोरञ्जन प्रदान गर्नका लागि कम्पनीले नयाँ नेपाली सिनेमा, सिरिज तथा अन्य कन्टेन्टहरु पनि थप्दै जाने योजना बनाई रहेको छ। यो एप गुगल प्ले स्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ।

 

प्रकाशित: Jul 09, 2023| 21:55 आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्