बिहीबार, असार ४, २०८३

ललिता निवास जग्गा प्रकरण

सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ

 |  आइतबार, असार २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार २४, २०८०

काठमाडौं- ललिता निवास जग्गा प्रकरणमा अभियुक्तहरु पक्राउ पर्ने क्रम जारी छ। यसै क्रममा आज एक उच्च सरकारी अधिकारी पक्राउ परेका छन्। नेपाल प्रहरीको सीआईबीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेको हो।

National life

राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको बताइएको छ। राउतविरूद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो। राउत २०७८ पुस २१ मा सचिवमा बढुवा भएका थिए।

२०६६-०६७ ताका प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको निवास विस्तार गर्ने नाममा भूमाफियाको योजनाअनुसार अगाडि बढेको सट्टाभर्नासम्बन्धी निर्णयमा राउतले शाखा अधिकृत हुँदा टिप्पणी उठाएका थिए। सोही टिप्पणी सहसचिव, सचिव, मन्त्री हुँदै तहगत रुपमा सदर गरेर मन्त्रिपरिषद् पुर्‍याइएको थियो। त्यस बेला माधवकुमार नेपाल प्रधानमन्त्री थिए। त्यसैगरी उपप्रधान तथा भौतिक तथा योजनामन्त्री विजय गच्छदार, सचिव दीप बस्न्यात र भूमि सुधार सचिव छविराज पन्त थिए।

आज नै समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुवप्रसाद अर्याल पनि पक्राउ परेका छन्। घिमिरेले समरजंग कम्पनी प्रमुखको रुपमा रहेको बेलामा सरकारी जग्गा दाबी गर्नुपर्ने समयमा दाबी नगरेका कारण हिनामिनामा उनको पनि संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको सीआईबीको भनाइ छ। अर्याल  भने नापी अधिकृतको रुपमा जग्गा नापजाँचमा संलग्न रहेको पाइएको छ।

यो प्रकरणमा जोडिएका पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यापारी मीनबहादुर गुरुङलगायत ९ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

Shivam cement

 

प्रकाशित: Jul 09, 2023| 17:24 आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्