आइतबार, वैशाख २७, २०८३

'प्रधानमन्त्रीको अभिव्यक्ति गलत, एमालेले राजीनामा माग्नु पनि गलत'

 |  आइतबार, असार २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार २४, २०८०

National life

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गलत भएको बताएका छन्।

आइतबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री दाहालले सरदार प्रितम सिंहसँग सम्बन्धित अभिव्यक्ति दिएर कमजोरी गरेको बताए। प्रधानमन्त्रीले संसद्, सांसद र नागरिकको आत्मसम्मानमा असर पुर्‍याउने गरी बोल्न नमिल्ने उनको भनाइ थियो।

यही विषयमा प्रतिपक्षी नेकपा (एमाले)ले प्रधानमन्त्रीको राजीनामा माग्नु पनि बेठिक भएको शर्माले बताए। स्थिर सरकारको परिकल्पना गरेर पाँच-पाँच महिनामा प्रमको राजीनामा माग्नु गलत भएको टिप्पणी उनले गरे। महामन्त्री शर्माले हरेक घटनामा प्रधानमन्त्रीले राजीनामा दिने हो भने कोरोना महामारीको समयमा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार हुँदा र संसद् विघटन गर्दा किन राजीनामा नआएको भनेर प्रश्न गरे।

प्रकाशित: Jul 09, 2023| 17:09 आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्