काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्डको राजीनामाको अडान दोहोर्याएका छन्। उनले संसद् एमालेले नभई प्रधामन्त्री स्वयंले अवरुद्ध गरिरहेको तर्क पनि गरे।
‘संसद् प्रधानमन्त्रीले बन्द गराउनु भएको हो, हामीले होइन। उहाँले हामीमाथि गम्भीर आरोप लगाउनु भएको छ, त्यो फिर्ता लिनु भएको छैन। त्यो कायम राखेर सहमति हुँदैन,’ आज दिउँसो संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने। प्रधानमन्त्री प्रचण्डले असार २१ गते एमालेमाथि गम्भीर लाञ्छना लगाएको भन्दै त्यो फिर्ता लिनुपर्ने ओलीको अडान थियो।
आजमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चित्तबुझ्दो स्पष्टीकरण आए संसद् बैठकको नियमित कामकारबाही अगाडि बढाउन दिने सहमति सिंहदरबारमा भएको थियो। प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र ओली सहभागी बैठकले सदन सुचारु गर्ने सहमति गरे पनि एमाले त्यसबाट पछि हटेको हो। संसद् बैठक भोलिसम्मलाई स्थगित भएको छ।