बिहीबार, साउन २१, २०८३

ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ

 |  आइतबार, असार २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार २४, २०८०

काठमाडौं- ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गर्ने प्रकरणमा जोडिएका थप दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी सर्वेक्षक ध्रुवप्रसाद अर्याल छन्।

घिमिरेले समरजंग कम्पनी प्रमुखको रुपमा रहेको बेलामा सरकारी जग्गा दाबी गर्नुपर्ने समयमा दाबी नगरेका कारण हिनामिनामा उनको पनि संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको सीआईबीको भनाइ छ। अर्याल  भने नापी अधिकृतको रुपमा जग्गा नापजाँचमा संलग्न रहेको पाइएको छ।

यो प्रकरणमा जोडिएका पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यापारी मीनबहादुर गुरुङलगायत ९ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jul 09, 2023| 16:23 आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्