शनिबार, वैशाख १५, २०८१

साताको पहिलो कारोबार दिन नेप्सेमा उछाल

 |  आइतबार, असार २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार २४, २०८०

काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से २८.३८ अंक बढेको छ। यो वृद्धिपछि नेप्से २०७७ अंक कायम भएको छ।

triton college

आज ३ अर्ब ४ करोड रुपैयाँबराबरको सेयर कारोबार भयो। १६८ कम्पनीको मूल्य बढ्दा ५० को घट्यो भने ६ को स्थिर रह्यो।

बैंकिङ ८, विकास बैंक ५९, फाइनान्स ३९, होटल तथा पर्यटन २६७, जलविद्युत ०.१२, जीवन बिमा २१५, उत्पादन ९६, माइक्रोफाइनान्स ४०, निर्जीवन बिमा २५८, अन्य ४१ र व्यापार उपसमूह १०३ अंक बढेको छ। प्रतिशतका आधारमा होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै ४.६ प्रतिशत बढ्यो।

रावा इनर्जीको सेयर मूल्य १० प्रतिशत बढ्दा सिटी होटलको ९.५ प्रतिशत बढ्यो। माथिल्लो तामाकोसीको मूल्य सबैभन्दा धेरै ६.६ प्रतिशत र बीपीडब्लू लघुवित्तको ४.४ प्रतिशत घट्यो। कारोबार रकमका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, सोल्टी होटल, अरुण काबेली र माथिल्लो तामाकोसी क्रमशः अगाडि रहे।

प्रकाशित: Jul 09, 2023| 16:01 आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्