आइतबार, वैशाख २७, २०८३

शीर्ष नेताको सहमतिपछि रविले भने- संसद् तीन नेताको मुडमा चल्दैन

 |  आइतबार, असार २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार २४, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् तीन नेताको मुडमा चल्न नसक्ने बताएका छन्। महत्त्वपूर्ण कानुन पारित गर्ने, नागरिकका महत्त्वपूर्ण सवालहरू उठाउनुपर्ने बेलामा संसद् तीन नेताको मुडअनुसार चलाउन खोजिएको भन्दै उनले असन्तुष्टि जनाएका हुन्।

National life

‘प्रधानमन्त्रीले अशोभनीय कुरा बोल्नुभयो, गम्भीर विषय बोल्नुभयो। यसबारे जवाफ दिनुपर्छ। सार्वभौम प्रधानमन्त्रीले अमूक मानिस मलाई प्रधानमन्त्री बनाउन दिल्ली जानुभयो भन्नेजस्ता कुरा बोल्नुभयो, त्यो कुरा अत्यन्त गम्भीर छ। त्यसको जवाफ उहाँले दिनुपर्छ,’ आइतबार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने। सभामुखले संसद्‍मा रास्वपालाई बोल्न नदिएको बताउँदै उनले यसमा पनि गुनासो गरे। सदन रास्वपाको कारण रोकिएको भन्ने सन्देश गएको भन्दै उनले त्यसको पनि खण्डन गरे।

‘सभामुखलाई हामीले भन्नैपर्ने हुन्छ- एमालेले आफ्नो कुरा राख्नुभयो, त्यसपछि सोझै सत्तापक्षलाई बोल्न दिइयो। यस्तो गलत भाष्य स्थापित गर्न खोजियो कि रास्वपाले बोलेपछि सबै प्रतिपक्षले बोले। त्यसो होइन, रास्वपाको आफ्नै अडान र मुद्दाहरू छन्। कतिपय मुद्दामा समान धारणा हुन सक्छन्,’ उनले भने।

सरकारले प्रतिपक्षीलाई देखाएर मिटरब्याजसम्बन्धी विधेयक अघि बढाउन पन्छिएको आरोप उनले लगाए। महत्त्वपूर्ण कानुन समय घर्काएर ल्याउने र प्रतिपक्षी देखाएर पन्छन खोज्ने कुरा उपयुक्त नभएको उनले बताए। ‘हामी मिटरब्याजसम्बन्धी कानुनको पक्षमा छौं। सरकारले अन्तिम दिन ल्याएर देखाउन खोजेको थियो। प्रतिस्थापन विधेयक ल्याएर १५ दिनमै टुंग्याउन सकिन्छ। प्रतिपक्षलाई देखाएर दिएन भनिएको छ। सबै प्रतिपक्ष एउटै होइन नि, हामी त्यसको पक्षमा छौं, तुरुन्तै कानुन बनाइनुपर्छ भन्नेमा छौं,’ उनले भने।

गत बुधबारदेखि प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले संसद् अवरुद्ध गर्दै आएकोमा आज प्रधानमन्त्री, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच वार्ता भएको थियो। एमालेसँगको सहझदारीपछि आज प्रतिनिधिसभा बैठक चल्ने बताइएको थियो। तर, संसद् सचिवालयले सोमबारसम्म बैठक स्थगित गरेको सूचना टाँस गरेको छ।
र्‍यो।

 

प्रकाशित: Jul 09, 2023| 15:42 आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्