बिहीबार, भदौ ४, २०८३

थप ३२६० जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ३२६० जनामा कोरोना संक्रमण भएको छ। यस अवधिमा संक्रमणबाट ३२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।
 |  बिहीबार, साउन २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप ३२६० जनामा कोरोना संक्रमण भएको छ। यस अवधिमा संक्रमणबाट ३२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ। मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ३८ हजार १८० पुगेको छ। आजसम्म नेपालमा कुल सात लाख ९८ हजार ६५१ जनामा कोरोना भाइरस संक्रमण भएको छ। यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०२१२ पुगेको छ।

पछिल्लो २४ घण्टामा २२९४ जना कोरोना मुक्त भएका छन्। योसँगै कोरोना मुक्त हुनेको संख्या ६ लाख ७७ हजार ३७७ पुगेको छ।

सरकारले कोरोना भाइरस संक्रमण दर उच्च रहेकाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरेको छ। प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्त्वका विषयमा बिहीबार बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले भने ‘विगत एक साताको कोभिडको आँकडा हेर्दा फेरि कोभिडको संक्रमणदर क्रमशः बढ्दै गइरहेको छ। सबैलाई जनस्वास्थ्यको मापदण्ड अपनाएर सुरक्षित हुन अपिल गर्दछु।’ 


प्रकाशित: Aug 12, 2021| 17:29 बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।