आइतबार, वैशाख २७, २०८३

संसद् बैठक सोमबारलाई सर्‍यो

 |  आइतबार, असार २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार २४, २०८०

National life

काठमाडौं- प्रतिनिधिसभाको बैठक भोलि सोमबारसम्मका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले सोमबार अपराह्न ३ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्। यसअघि आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्रीको आग्रहमा ३ बजेका लागि सारिएको थियो।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै लगातार संसद् अवरोध गरिरहेको छ। अवरोध हटाउन आज प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच सिंहदरबारमा छलफल भएको थियो। छलफलमा सदनमा प्रधानमन्त्रीले जवाफ दिने सहमति भएको बताइएको थियो।

सभामुखले भने प्रमुख सचेतकहरूसँग छलफल गरेपछि भोलिसम्मका लागि बैठक सारेका छन्। प्रचण्डको एउटा विवादास्पद अभिव्यक्तिलाई लिएर एमालेले उनको राजीनामा मागिरहेको छ। यही कारण गत बुधबारदेखि संघीय संसद्‍का दुवै सदन अवरुद्ध छन्।

प्रकाशित: Jul 09, 2023| 14:57 आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्