बिहीबार, असार ४, २०८३

मर्निङ वाकमा महिलाको सिक्री लुट्ने पाँच जना पक्राउ

 |  आइतबार, असार २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार २४, २०८०

काठमाडौं- मर्निङ वाकका क्रममा महिलाहरुको सिक्री लुटेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले राजधानीका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो।

National life

विभिन्न समयमा पक्राउ परेका उनीहरुलाई महाशाखाले आज सार्वजनिक गरेको छ। प्रहरीका अनुसार असार १ गतेपछि भएका घटनामा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। आठ महिलाले सिक्री लुटिएकोबारे प्रहरीमा उजुरी गरेका थिए।

पक्राउ पर्नेमा गिरोहका व्यवस्थापक उमेश क्षेत्री, मोटरसाइकल चालक रवि विक, चेक लुट्ने रविन दमाई र लुटेको सुन बिक्री गर्न सहयोग गर्ने राहुल माझी छन्। यो गिरोहले पछिल्लो एक महिनामा ८ वटा चेन लुटपाटको घटना गराएको थियो।

प्रहरीका अनुसार सिक्री लुटपाटको घटनामा पहिले मोटरसाइकल कुदिरहेका बेला घाँटीबाट चेन तान्ने गरेको देखिन्थ्यो। यो घटनामा भने मोटरसाइकलबाट ओर्लिएर तानेर भाग्ने गरेको देखिएको छ। प्रहरीले बिक्री गरिएको केही सुन पनि बरामद गरेको जनाएको छ।

 

Shivam cement

प्रकाशित: Jul 09, 2023| 14:47 आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्