बिहीबार, असार ४, २०८३

दूधको अनुदान रोकिएपछि चितवनका किसान आन्दोलित

 |  आइतबार, असार २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार २४, २०८०
National life
Shivam cement

काठमाडौं- बागमती प्रदेश सरकारले दूधमा दिएको अनुदान रोकेपछि चितवनका किसान धर्नामा बसेका छन्। चितवनबाट आएका किसान हेटौंडास्थित बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अगाडि धर्नामा बसेका हुन्।

सरकारले दूधमा दिएको अनुदान रोकेपछि व्यापारीले किसानको दूध खरिद गर्न छोडेका छन्। यसले गर्दा केही दिनयता दूधले बजार नपाएपछि आन्दोलनमा उत्रिनुपरेको किसानको भनाइ छ। चितवनका तीन वटा स्थानीय तहमा दिँदै आएको अनुदान प्रदेश सरकारले रोकेको छ। दोहोरो अनुदान हुने भन्दै अनुदान रोकिएको मन्त्रालयको भनाइ छ।

दूधमा अनुदान रोकिएका तीनवटै स्थानीय तहका किसान हेटौंडा पुगेका हुन्। उनीहले अनुदानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन्। यससँगै उनीहले पशु बिमाको रकम पनि पाएका छैनन्।

प्रकाशित: Jul 09, 2023| 14:02 आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्