आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संसद्को गतिरोध खोल्ने शीर्ष सहमति, प्रधानमन्त्रीले प्रष्टीकरण दिने

संसद्को गतिरोध खोल्ने शीर्ष सहमति, प्रधानमन्त्रीले प्रष्टीकरण दिने

 |  आइतबार, असार २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार २४, २०८०

National life

काठमाडौं- संसद्को गतिरोध अन्त्य हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल कमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीसँग छलफल गरेपछि संसद्को अवरोध खुल्ने भएको हो।

तीन नेताको छलफलपछि संसद्को गतिरोध अन्त्य भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। आज दिउँसो १ बजेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक प्रधानमन्त्रीको आग्रहमा ३ बजेका लागि सारिएको थियो। प्रधानमन्त्रीको राजीनामा माग गर्दै एमालेले बुधबारबाट संसद् अवरुद्ध गर्दै आएको छ। प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले राजीनामा माग गरेको हो।

प्रकाशित: Jul 09, 2023| 13:26 आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्