बिहीबार, साउन २१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिट 'हेर्न भ्याइएन'

कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिट 'हेर्न भ्याइएन'

 |  आइतबार, असार २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार २४, २०८०

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्न माग गर्दै परेको रिटमाथिको सुनुवाइ आज नहुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको हो।

डिभिजन बेन्चमा धेरै मुद्दा भएकाले आज एकल इजलास बस्न नभ्याइने जानकारी न्यायाधीशले गराएका छन्। कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सभामुखको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त गर्नु गैरकानुनी भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रकाशित: Jul 09, 2023| 13:14 आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्