आइतबार, वैशाख २७, २०८३

प्रधानमन्त्रीको आग्रहमा प्रतिनिधिसभा बैठक दुई घण्टा पछि सारियो

 |  आइतबार, असार २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार २४, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक सारेका छन्। दिउँसो १ बजेका लागि तय भएको बैठकमा ३ बजेका लागि सारिएको हो।

National life

प्रधानमन्त्री प्रचण्डले तीन दलका शीर्ष नेताबीच छलफल चलिरहेको भन्दै बैठक सार्न सभामुखलाई टेलिफोन गरेका थिए।

एमाले प्रधानमन्त्रीको राजीनामामा अडिग रहेपछि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीसँग कुराकानी गरेका हुन्। राष्ट्रियसभाको बैठक भने भोलिसम्मलाई स्थगित भइसकेको छ।

प्रधानमन्त्री दाहालको असार १८ को अभिव्यक्तिलाई लिएर एमालेले संघीय संसद्का दुवै सदनमा अवरोध गरिरहेको छ। नेपालमा पहिलोपल्ट ट्रक भित्र्याउने व्यवसायी प्रितम सिंहबारे किरणदीप सन्धुले लेखेको पुस्तक विमोचनका क्रममा असार १८ गते दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री दाहालको आलोचना भइरहेको हो। प्रमुख प्रतिपक्षी एमालेले राजीनामा मागेको छ भने रास्वपालगायतका दलहरूले जवाफमा मागेका छन्।

प्रकाशित: Jul 09, 2023| 12:49 आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्