बिहीबार, असार ४, २०८३

गायक तामाङलाई सांगीतिक श्रद्धाञ्जली

 |  आइतबार, असार २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार २४, २०८०

गायक तथा अभिनेता रोविन तामाङलाई संगीतकर्मीहरुले गीत गाएर श्रद्धाञ्जली अर्पण गरेका छन्। आइतबार बिहान नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा गायक तामाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिइएको थियो।

National life

श्रद्धाञ्जली कार्यक्रममा मन्त्रीसहित उच्चपदस्थ सरकारी अधिकारीका साथै कलाकार, संगीतकार र उनका प्रशंसकहरू सहभागी थिए। रकस्टारका रूपमा परिचित तामाङको मंगलबार निधन भएको थियो।

रविन अभिनयमा पनि उत्तिकै सक्रिय र लोकप्रिय थिए। चलचित्र ‘चिसो एष्ट्रे’को शीर्ष गीतमा पनि स्वर दिएका उनी ‘रविन एन्ड द न्यू रेभोलुसन’ ब्यान्डका भोकलिस्ट पनि हुन्। उनले 'छड्के' चलचित्रमा समेत अभिनय गरेका थिए।

सन् २००६ मा उनकै नेतृत्वमा रबिन एन्ड द न्यू रेभोलुसन नामक ब्यान्ड खुलेको हो। रबिनको 'मुगलान' नामक एल्बम निकै मन पराइएको थियो। बेलायती सैनिकका छोरा रविन सिंगापुरमा सन् १९६३ मा जन्मिएका थिए।

 

Shivam cement

प्रकाशित: Jul 09, 2023| 12:35 आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्