आइतबार, वैशाख २७, २०८३

संसद्को अवरोध खुलाउन एमालेसँग सत्ता गठबन्धनको छलफल

 |  आइतबार, असार २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार २४, २०८०

काठमाडौं- सत्ता गठबन्धनले संसद्को जारी अवरोध खुलाउन नेकपा एमालेसँग छलफल गर्ने निर्णय गरेको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले संसद् सुचारु गराउन एमालेसँग छलफल गर्ने निर्णय गरेको हो। गठबन्धनको निर्णयलगत्तै एमाले अध्यक्ष केपी ओलीसँग वार्ताका लागि कांग्रेस सभापति शेरबहादुर देउवा सिंहदरबार पुगेका छन्।

National life

प्रधानमन्त्री प्रचण्डले केही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर एमालेले निरन्तर संसद् अवरुद्ध पार्दै आएको छ। प्रचण्डले भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमभन्त्री बनाउन दिल्लीसँग लबिङ गरको आशयको अभिव्यक्ति दिएपछि एमालेले आलोचना गर्दै आएको छ। प्रधानमन्त्रीले असंवैधानिक र गैरराजनीतिक अभिव्यक्ति दिएको भन्दै एमालेले राजीनामा मागेको छ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर गत बुधबारबाट संसद् अवरोध र राजीनामा माग्दै आएको एमालेले राष्ट्रियसभाको आजको बैठक पनि अवरुद्ध गरेको छ। प्रतिनिधिसभा पनि अवरुद्ध गर्ने भएपछि गठबन्धनले एमालेसँग वार्ता गर्ने निर्णय गरेको हो।

शुक्रबार सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरूसँगको छलफलमा एमाले प्रधानमन्त्रीको राजीनामाबाट पछि नहटेपछि बैठक आज दिउँसो १ बजे बस्नेगरी स्थगित गरेका थिए। यसबीचमा दलहरुबीच सहमति जुटाउन सभामुख घिमिरेले आग्रह गरेका थिए।

प्रकाशित: Jul 09, 2023| 12:02 आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्