आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रियसभामा आज पनि एमालेको अवरोध, कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित

राष्ट्रियसभामा आज पनि एमालेको अवरोध, कार्यसूचीमा प्रवेश नगरी बैठक स्थगित

 |  आइतबार, असार २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार २४, २०८०

काठमाडौं- राष्ट्रियसभाको बैठकमा आज पनि नेकपा एमालेले अवरोध गरेको छ। निर्धारित समयभन्दा केही ढिलो गरी सुरु भएको बैठक अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सुरु भएको जनाउ दिनेबित्तिकै एमाले सांसदहरुले उठेर विरोध गरेका थिए। 

National life

त्यसपछि अध्यक्ष तिमिल्सिनाले भगवती न्यौपानेलाई बोल्न समय दिएका थिए। सांसद न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहालले अब संसद्‍मा जवाफ दिन आवश्यक नभएको भन्दै राजीनामा दिन माग गरिन्। उनले  प्रधानमन्त्री संसद्‍मा आएर जवाफ दिन लायक नभएको भन्दै एकमात्र विकल्प राजीनामा भएकोले प्रधानमन्त्रीको राजीनामा नआएसम्म विरोध जारी रहने बताइन्। त्यसपछि एमालेका सबै सांसद उठेर बैठकको कारवाही अघि बढाउन दिएनन्।

अध्यक्ष तिमिल्सिनाले सांसदहरुलाई बस्न आग्रह गरे पनि नबसेपछि भोलि सोमबारसम्मलाई बैठक स्थगित गरेका छन्। एमालेले केही दिनदेखि प्रधानमन्त्रीको राजीनामा माग्दै संघीय संसद्‍का दुवै सदन अवरुद्ध गर्दै आएको छ। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि त्यसको विरोधमा एमालेले सदन चल्न नदिएको हो।

 

प्रकाशित: Jul 09, 2023| 11:54 आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्