आइतबार, वैशाख २७, २०८३

संसद्‍मा एमालेले अवरोध कायमै राख्ने

 |  आइतबार, असार २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार २४, २०८०

काठमाडौं- प्रतिनिधिसभा बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बोलाइएको छ। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा तीनवटा विधेयक प्रस्तुत हुनेछन्।

National life

राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ। यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेश गर्नेछन् भने राष्ट्रियसभामा उत्पत्ति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।

आजै सो विधेयकमाथि संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची छ। यसैगरी मुलुकी संहिता सम्बन्धी विधेयक पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ।

तर, संसद् बैठक सुचारु हुने सम्भावना भने छैन। किनकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एउटा अभिव्यक्तिका कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध गर्दै आएको छ। प्रधानमन्त्रीको राजीनामालाई बटमलाइन बनाएको एमालेले आज पनि सदन चल्न नदिने बताएको छ। 

आज नै राष्ट्रियसभाको बैठक पनि बोलाइएको छ। बिहान ११:३१ बजे बैठक बस्नेछ। एमालेकै अवरोधका कारण राष्ट्रियसभा पनि अवरुद्ध हुँदै आएको छ।
 

प्रकाशित: Jul 09, 2023| 07:07 आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्